काठमाडौं, साउन ३१
प्रहरी कारबाही मारिएका भनिएका दिनेश अधिकारी चरीको पोष्टमार्टम आज शनिबार हुदैँछ । पोष्टमार्टमका लागि चरीका परीवार सहमत भएपछि पोष्टमार्टम गर्न लागिएको हो । मुद्दाको किनारा नलागेसम्म शव नबुझ्ने तर पोष्टमार्टममा गर्न भने आफूहरु राजी भएको चरीका दाजु धुब्र अधिकारीले बताए । गत साउन २१ गते भिमढुंगामा प्रहरीको गोली लागि चरीको मृत्यु भएको थियो । चरीको हत्या भएको भन्दै उनका आफन्तजनले सर्वोच्चमा मुद्दा पनि हालेका छन् ।
No comments:
Post a Comment