फरार अभियुक्तको खोजी गर्ने क्रममा टोलीले जिल्लाका विभिन्न स्थानबाट एकै दिन लागुऔषध कारोबार, वन मुद्दा र जग्गासम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट सजाय तोकिएका नौ जनालाई पक्राउ गरेको हो ।
टोलीका अनुसार २०४३ सालमा लागुऔषध कारोबारमा एक वर्ष जेल सजाय र रु पाँच हजार जरिवाना तोकिएका तत्कालीन रामपुर गाविस–५ का ५३ वर्षीय ज्वाला रानालाई पक्राउ गरिएको छ ।
यस्तै २०५६ सालमा वन मुद्दामा अदालतबाट एक वर्ष कैद र रु ७३ हजार ९८५ जरिवाना तोकिएका तत्कालीन श्रीपुर गाविस–६ का तेजबहादुर बडायकलाई बिहीबार दिउँसो बलौरी बजारबाट पक्राउ गरिएको छ । यसैगरी जग्गासम्बन्धी मुद्दामा २०६२ कात्तिक ७ गते अदालतले जनही रु २०० जरिवाना तोकिएका तत्कालीन श्रीपुर–३ का रामकिशोर राना, गणेश राना, रामकुमार राना, दशरथ राना, रत्ती राना, लालु राना र प्रकाश रानालाई घरबाटै पक्राउ गरिएको र सातै जनालाई बिहीबार नै अदालतको जिम्मा लगाइएको छ ।
लागुऔषध कारोबारमा सजाय पाएका ज्वाला राना र वन मुद्दामा परेका बडायकलाई शुक्रबार अदालतको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कमा आर्थिक वर्ष २०७०÷०७१ असार मसान्तसम्ममा ५२ जना फरार अभियुक्त पक्राउ परिसकेका र उनीहरु अदालतसमेत चलान भइसकेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चौधरीले दिए ।
No comments:
Post a Comment