• Breaking News

    8.13.2014

    युवकले डेरामै गरे आत्महत्या

     डेरामै गरे आत्महत्या
    रत्ननगर (चितवन), साउन २९ – चितवनको भरतपुरस्थित सप्तगण्डकी चोकनजिकै डेरा गरी बस्ने एक युवकले आत्महत्या गरेका छन् ।
    भरतपुर–१० सप्तगण्डकी चोकस्थित नारायण श्रेष्ठको घरमा डेरा गरी बस्ने चितवन दिव्यनगर–७ का रमेश शर्मा पौडेलले गएराति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    आफ्नै डेरामा पङ्खामा झुन्डी आत्महत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सँगैबस्ने साथीहरू जनैपूर्णिमा मनाउन घर गएका बेला उनले आत्महत्या गरेका हुन् ।
    घर गएका साथीहरू बुधबार साँझ कोठामा आउँदा भित्रबाट चुकुल लगाएकोे देखेपछि हेर्दा आत्महत्या गरेको अवस्थामा पाइएको स्थानीयले बताएका छन् । त्यसपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।
    उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र