नयाँ दिल्ली, साउन २९
रजनीकान्तको आगामी सिनेमा ‘लिंगा’को सुटिङ् अहिले जोडतोडका साथ चलिरहेको छ।
केही हप्ता अगाडि मात्रै सुटिङ थालेको उक्त सिनेमा अहिले क्लाइमेक्स सुटिङ्को नजिक पुगेको छ। आगामी १८ अगस्टबाट सुरु हुने उक्त सिनेमाको क्लाइमेक्स सुटिङको लागि करिब पाँच करोड नेपाली रूपैयाँ लागतको सेट बनाइदैँछ।
बन्दै गरेको उक्त सेटमा भगवान शिवको अग्लो मूर्ति र बाँध रहने बुझिएको छ। एक्शन नै एक्शन रहने ‘लिंगा’मा रजनीकान्तले अनुष्का शेट्टी र सोनाक्षी सिन्हासँग रोमान्स गर्नेछन।
सिनेमाको उक्त सेट शिमेगामा बनिरहेको छ। के. एस रविकुमारको निर्देशनमा बनिरहेको ‘लिगां’ आगामी डिसेम्बर १२ मा रजनीकान्तको जन्मदिन पारेर रिलिज गरिने भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment