काठमाण्डौ, ८भदौ । पतिपत्नीबिच झगडा भन्ने कुरा भइहाल्छ । तर झगडा गरेको बेलामा आवेशमा आएर कतिले आपराधिक कार्यहरु समेत गर्ने गरेका छन् ।
भारतमा पति र पत्नी बिचको सामान्य विवादले चर्को रुप लिएपछि पतिले अति निकृष्ट कार्य गरेका छन् । उनले आफ्नी पत्नीलाई नांगै बनाएर पुरा गाउँ नै घुमाइदिएका छन् । तर अचम्म त के रह्यो भने यस विरुद्ध हालसम्म प्रहरीमा कुनै उजुरी परेको छैन । छत्तीसगढमा भएको उक्त घटना त्यहाँका मुख्यमन्त्रीको गृहनगर रहेको बताइएको छ ।
सहसपुर प्रहरी चौकीका प्रंमुख प्रभावभरी सतीश सिंहले दिएको जानकारी अनुसार पतिपत्नीबिचको झगडा रहेको र पिडित भनिएकी पत्नीले यसबारे कुनै रिर्पोट दर्ता गराएकी छैनन् । कोयलरी गाउँमा बस्दै आएका ४० वर्षिय मनिराम साहूको आफ्नी पत्नीसँग कुनै विषयलाई लिएर झगडा भएको थियो ।
झगडा भएकी महिला मनिरामकी दोस्रो पत्नी भएको र तीन बच्चाकी आमा समेत रहेकी बताइएको छ । विवाद यसरी बढ्दै गएको कि मनिरामले आफ्नै पत्नीलाई रिसको सुरमा पिट्दै निवस्त्र पारेर पुरै गाउँ नै घुमाइदिएका थिए ।
विहान सात बजेतिर गाउँका मानिसहरु त्यो घटना देखेर लज्जाबोध भएका थिए । उनीहरुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी आउँदासम्म मनिरामले आफ्नी पत्नी घर लगिसकेका थिए ।
घरमा नै गएको प्रहरीले कपडा लगाएर बच्चा स्यार्दै गरेको महिलालाईै देखेपछि वाल्ल परेको थियो । मनिराम भने सुतिरहेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले केही घटना भएको ठाउँमा केही नदेखेपछि फर्किएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment