• Breaking News

    8.18.2014

    पानी परेपछि रातमा जाग्रम बस्छन् शान्तिनगरवासी

    तनहुँ, ३ भदौ । व्यासनगरपालिका–१० स्थित शान्तिनगर टोलका बासिन्दा पानी पर्न थालेपछि जाग्रम बस्छन् ।
    आकासमा बादल घुम्न थालेपछि यस क्षेत्रका बासिन्दा पानी पर्ने भयो भन्दै निराश हुने गरेका छन् ।
    हालै सिन्धुपाल्चोक र दाङमा नरसंहार हुने गरी आएको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएपछि यहाँका मानिस पनि त्रसित बनेका हुन् ।
    मादी नदीले विस्तारै बस्ती क्षेत्रमा कटान गर्न थालेपछि उनीहरु चिन्तित बनेको स्थानीय रामबाबु मल्ले जानकारी दिनुभयो ।
    “उक्त क्षेत्र आसपासमा तटबन्धन नगर्ने हो भने जुनसुकै समयमा पनि दुर्घटना हुन सक्छ”–उहाँले भन्नुभयो–“यसतर्फ बेलैमा सरकारले ध्यान दिनुपर्छ ।” उक्त क्षेत्रमा करिब ५० घर रहेको बताइएको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र