३ भदौ, काठमाडौं ।
एक वर्षदेखि फरार डन दावा लामा दुई सहयोगी सहित पक्राउ परेका छन् । गन्डागर्दीविरुद्ध अप्रेसन तिव्र पारेको महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो ।
लम्बु भनिने वीरेन कुँवर र प्रवीन केसीसहित दावा पक्राउ परेका हुन् । उनको साथबाट लागु औषध खैरो हिरोइनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार व्यापारी राजन श्रेष्ठलाई एक वर्षअघि नख्खुमा गोली हानेको तथा सुनिल अग्रवाललाई अपहरण गरेको मुद्दामा दावा फरार रहेका थिए ।
पैसा माग्दै दावासहितको समूहले व्यवसायी श्रेष्ठलाई खुकुरी हानेको थियो ।
क्यासिनोमा पैसा लगानी गर्ने धन्दा पनि दावाले चलाउँदै आएका थिए । काभ्रेली समूहका उनी नाम चलेका गुण्डा हुन ।
पहिला गणेश लामाको सहयोगी रहेकोमा पछिल्लो समय उनीहरुबीच राम्रो सम्बन्ध थिएन । आजको नयाँ पत्रिकामा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment