२६ वर्षको उमेरमा पहिलो पटक रत्तदान गरेपछि भिमसेन गोलाका राजु नाम परिवर्तन निकै खुसी भए । जीवनदाताको रुपमा दिइने भएकाले अव हरेक तीन तीन महिनामा रत्तदान गर्ने उनको योजना थियो ।
तर,रत्तदान गरेको दोस्रो दिनमै उनको योजना चकनापुर भएको छ ।
केन्द्रीय रक्तसंचार सेवा केन्द्र भृकुटीमन्डपका कर्मचारीले हिजो दान गर्नुभएको तपाँइको रगतमा एचआइभी पाजेटिभ देखिएको छ ।
त्यसैले फेरी एकपटक आउनुपर्यो भन्दै फोन गरेपछि उनी बेहोस जस्तै भए । भारी मन बनाउँदै अर्को दिन आएर फेरी रगत जाँच गरे ।
फेरी एचआइभी पोजेटिभ देखियो । केन्द्रीय ब्लडबैकका अनुुसार गत वर्ष देशभर गरिएको रक्त संकलन कार्यक्रममा रक्तदान गर्नेमध्ये एक सय दुई जनामा एचआइभी पोजेटिभ देखिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment