काठमाडौं, साउन १७–नेकपा माओवादीले सुनकोसी नदी थुनिएर भएको दुर्घटनामा फसेका तथा प्रभावितहरुको तत्काल उद्दार गर्न सरकारसँग माग गरेको छ ।
माओवादीले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । माओवादी प्रवक्ता पम्फा भुषालद्वारा जारी विज्ञप्तीमा भनिएको छ–ुनिएको नदी फुट्दा कैयौं बस्ती डुबानमा पर्ने स्थिति पैदा भएको छ । हाम्रो पार्टी सरकारसित यथाशिघ्र प्रभावित क्षेत्रमा धनजन सुरक्षार्थ सबै प्रकारका आवश्यक कदम चालियोस् भनी माग गर्दछ । यस प्राकृतिक दुःखद घडीमा प्रभावित क्षेत्रका जनताको उद्दार र राहत कार्यमा सक्रिय ढङ्गले लाग्न हाम्रो स्थानीय पार्टीलाई निर्देशन समेत गर्दछ ।
आज बिहान करिब १ बजे सिन्धुपाल्चोक धुस्कुन गाविसको जुरेमा पहिरो गई भोटेकोशी नदी थुनिएको थियो ।
सो पहिरोले नदी थुनिँदा दर्जनौं घर डुबानमा परेको र ५ जनाकको मृत्यु भएको प्रह्रीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment