• Breaking News

    8.01.2014

    सिडियोका सुरक्षागार्डले पेस्तोल हानेर गरे आत्महत्या

    १७ साउन, सुर्खेत ।
    प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको सुरक्षार्थ खटिएका एक प्रहरी जवानले पेस्तोलले बायाँ कन्चटमा हानेर आत्महत्या गरेका छन् ।
    ढिकपुर–७ दाङ घरभएका २८ वर्षीय शिवकुमार केसीले शुक्रबार साँझ आफू बस्ने क्वाटरमै सुरक्षागार्ड कमान्डरले प्रयोग गर्ने ७.६२ एमएमको चाइनिज पेस्तोलले हानेर आत्महत्या गरेका हुन् ।
    कमान्डर प्रहरी हबलदार नवराज श्रेष्ठ ड्युटी सकेर नुहाउन गएका बेला प्रहरी जवान केसीले सिरानमुनि राखेको पेस्तोल आफैँमाथि प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
    घटनालगत्तै केसीलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु-याएपछि मृत घोषणा गरिएको थियो । क्वाटरभित्र गोली पड्केको ड्युटीमा रहेका प्रहरी जवानले सुनेका थिए । प्रहरी जवानले क्वाटरभित्र धुँवाको मुस्लो देखेपछि सुरक्षागार्ड कमान्डरलाई खबर गरेका थिए ।
    घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा केसीले केही समय अगाडि मात्रै श्रीमतीसँग फोनमा कुरा गरेको थियो । रासस

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र