• Breaking News

    8.14.2014

    कतारमा आममाफी पायर १९ जना स्वदेश फर्किय .

    दोहा, ३० साउन । कैद भुक्तान गरेर दुई लाख रियाल (५४ लाख रुपैया) भन्दा बढी जरिवाना तिर्न नसकेरमा जेलमै बसिरहेका १९ जना नेपाली आममाफी पाएर स्वदेश फिरेका छन् । उनीहरुलाई कतार सरकारले एक महिनाअघि आममाफी दिएका थिए ।
    कतार सरकारले उनीहरुलाई टिकट उपलब्ध गराई आबश्यक प्रक्रिया परा गरी स्वदेश पठाएको हो । ‘म नेपाल फिरिसकेको छुु, भाङको आचार लिएर आउनेक्रममा बिमानस्थलमा दुई बर्षअघि समातिएका म्याग्दीका लोकबहादुर क्षेत्रीले फोनमा भने, ‘हामीसँग माफीमा परेका सबै साथीहरु फर्केका छन् ।’
    क्षेत्री २०१२ सेटेम्बर १६ मा बिमानस्थलबाटै पक्राउ परे । कतारमा डाइभरी गर्दै आएका क्षेत्री जेल परेपछि भाङलाई खानपिनमा प्रयोग गर्ने भन्दै सरकारले कतारी निकायलाई औपचारिक पत्र पनि लेखिएको थियो ।
    दुई लाख जरिवाना तोकिएको उनलाई सरकारले पत्र बुझाएपछि अदालतमा पुर्नबिचारको लागि फाइल पेश हुदा जरिवाना एक लाख रियालमा झर्‍यो । आउदो सेटेम्बर १६ तारिख उसको कैद भुक्तानी हुने भएपनि जरिवानाको कारण बस्नुपर्ने थियो । आममाफी पाएपछि उनी खुसी भए ।
    त्यसैगरी लागु औषध मुद्दामै हालसम्मै सबैभन्दा बढी जरिवाना पाउनेमा शिब मण्डलले पनि आममाफी पाएका छन् । चार बर्षको सजाय पाएका उनलाई दुई लाख १५ हजार रियाल तोकिएको थियो । सन् २०१२ अगस्ट ७ बाट जेलमा रहेका उनको कैद सन् २०१५ अगस्ट ७ सम्म तोकिएको थियो ।
    अर्को दुई लाख रियाल नै जरिवाना पाउनेमा मुमताज अन्सारी पनि आममाफीमा परेका छन् । उनी पनि लागु औषधमै जेल परेका हुन् । फ्रेववरी २३ सम्म तीन बर्षे सजायको कैद भुक्तान गरेपनि तोकिएको जरिवान तिर्न नसक्दा जेलमै थिए ।
    सन् २०११ फ्रेववरी २३ तारिख पक्राउमा परेका अजाद मियाँले पनि आममाफीमा परेका छन् । गत फ्रेववरी २३ तारिखमै तीन बर्षको सजाय भक्तान गरिसके पनि दुई लाख रियाल जरिवाना तिर्न नसक्दा जेलमै थिए । उनीभन्दा दुई महिना पछि अर्थात अप्रिल १२ मा पक्राउ परेका शन्तबहादुर लिम्बुलाई पनि तीन बर्ष कैद र एक लाख रियाल जरिवाना तोकिएको थियो । उनले पनि आममाफी पाएका छन् ।
    त्यस्तै दुई लाख रियाल र एक बर्षको सजाय पाएका उजिर नडेपहलाई पनि आममाफी दिएको छ । उनी २०१३ जुलाई ७ मा सजाय पाएका थिए । त्यसैगरी सादम अली, किशोर परियार, इन्द्र गुरुङ, धनबहादुर बिके, अक्बर मन्सुर, सलाम अब्दुल, सुदिप शाह, दमन राई, मोहमद मुजिप, राजेश पाण्डे, नारायन चापागाई र राजकुमारले पनि आममाफी पाएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
    यसैगरी १० बर्षदेखि जेल परेका दुर्गाबहादुर बुढामगर, प्रधान बुढा कामी र गणेशबहादुर कुन्जेको यही अक्टोबर २ मा कैद भुक्तान हुदैछ । लागुऔषधको ओसारप्रसारको मुद्दामा उनीहरु सन् २००४ अक्टोबर २ देखि जेलमा छन् । उनीहरुलाई पनि दुई लाख रियाल जरिवानाको सजाय पाएका छन् । यि तीन जना भने आममाफीमा परेको छैन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र