• Breaking News

    8.30.2014

    अवैध कामदार आउन लाग्दा नेपाल वायुसेवा निगमनले ७० प्रतिशत भाडा बढायो

    १५ भदौ, मलेसिया । नेपाल वायुसेवा निगम (नेवानि)ले मलेसिया-काठमाडौ हवाई भाडा ७० प्रतिशत बढाएको छ । मलेसियामा अबैधानिक रुपमा बसिरहेका नेपाली कामदार स्वदेश फर्काउने तयारी तयारी भइरहदा उसले भाडा बढाएको हो ।
    मलेसियामा बसेका अबैधानिक आप्रवासी कुनै पनि बेला पक्राउ गर्न सक्ने भन्दै मलेसियास्थित नेपाली दूतावासले कोपरासी इमिग्रेसन मलेसिया बरहाड र नेपाली ब्यवसायीको समन्वयमा उनीहरुलाई स्वदेश फर्काउने सूचना जारी गरेको छ । उक्त सूचना आएकै भोलिपल्ट निगमले क्वालालम्पुर-काठमाडौको हवाई भाडा ७० प्रतिशत बढाएको नागरिक दैनिकले खबर छापेको छ । सस्तो भाडाको स्वदेशी वायुसेवाले बढाएपछि यसैमा चढेर दशैंमा घर फर्किने योजना बनाएका कामदारमाथि ब्ययभार थपिने भएको छ ।
    नेपाल एयरलाइन्सले एकतर्फी हवाईभाडा पाँचसय तीन रिंगेट (१५ हजार ९० रुपैयाँ) बाट ८ सय ६० रिंगेट (२५ हजार सात सय रुपैयाँ) पुर्याएको छ । हवाईभाडा बृद्धिबाट ट्राभल डकुमेन्ट लिएर घर फिर्ने तयारीमा रहेका करिब १० हजार कामदार प्रभावित हुनेछन् ।
    मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले हवाईभाडा बृद्धिले फर्काउने तयारीमा रहेका कामदार रोकिएको बताए ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र