• Breaking News

    8.30.2014

    हल उद्घाटन गर्न सलमानले मागे साढे तीन करोड

    भदौ १५ गते
    मुम्बई । हिन्दी फिल्म ‘किक’ को सफलतासंगै अभिनेता सलमान खानको बजार भाउ आकासिएको छ । विभिन्न भारतीय समाचार एजेन्सीहरुले जनाए अनुसार एउटा सिनेमा हल उद्घाटन गरेवापत सलमानले साढे तीन करोड पारिश्रमिक माग गरेका छन् उनले ।
    लण्डनमा बन्दै गरेको एक सिनेमा हल उद्घाटनका लागि उनलाई निम्ता गरिएको थियो । निम्तो पाए लगत्तै उनले आफ्नो रेट साढे तीन करोड भन्दै तीन करोड आफ्नो लागि र पचास लाख आफ्ना स्टाफका लागि भनेका थिए ।
    सलमानको उक्त प्रस्तास सुने लगत्तै उनलाई निम्ता गर्नेहरुले प्रस्ताब स्वीकार गरेका छन् । त्यसो त उनले आगामी दिनमा कार्यक्रम हेरेर महत्वपूर्ण कार्यक्रममा मात्रै सहभागी हुने बताएका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र