• Breaking News

    8.12.2014

    मलेशियामा नेपाली अपहरण गर्ने तनहुँका गौली पक्राउ

    काठमाडौं, साउन २७ - प्रहरीले मलेशियामा एक नेपालीलाई अपहरण गरेको आरोपमा तनहुँका कमलबहादुर गौलीलाई पक्राउ गरेको छ ।
    प्रहरीले मलेशिया पुगेका भक्तपुर सुडाल गाविस वडा नं ८ का ३९ वर्षीय रामप्रसाद नेपाल अपहरणको आरोपमा गौलीलाई पक्राउ गरेको हो ।
    नेपालकै जाहेरीका आधारमा गौलीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । उनीहरुले मलेशियाको कोत्राय भन्ने ठाउँबाट गौली र उनका नेपाली तथा मलेशियन साथीले नेपालको अपहरण गरी पाँच दिनसम्म आँखामा पट्टी बानेर जंगलको बीचमा लगेर राखेको प्रहरीको भनाइ छ । उनीहरुले गएको जेठ ४ गते नेपाललाई अपहरण गरेका थिए ।
    गौलीको समूहले नेपालको परिवारबाट ३० लाख रुपैयाँ फिरौती मागेका थिए । यद्यपि उनीहरु चढेको गाडी दुर्घटना हुँदा नेपाल भने भाग्न सफल हुनुभएको थियो ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र