• Breaking News

    8.28.2014

    ‘कोहिनुर’ले छोडेन हल रीस्ता र प्रकृतीको लडाई

    rista-and-rabi
    ‘होस्टेल’ फिल्मबाट एकसाथ नेपाली रजतपटमा डेब्यू गरेका दुई कलाकार रीस्ता बस्नेत र प्रकृती श्रेष्ठको बक्स अफिसमा भिडन्त आजबाट हुँदैछ । प्रकृतीले अभिनय गरेको चलचित्र ‘उत्सव’ र रीस्ताले अभिनय गरेको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ एकसाथ बक्स अफिसमा भिडन्त गर्न लागेका हुन् ।
    तर, साउन २३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहिनुर’ले काठमाण्डौ बाहिरका अधिकांश हल नछोडेपछि ‘उत्सव’को मोफसल रिलिज भदौ २० मा सरेको छ । कुमार भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘उत्सव’मा प्रकृतीका अलवा सौगात मल्ल, गौरव पहारी, संजोग कोइराला लगायतका कलाकारको अभिनय छ । चलचित्रले मित्रता, प्रेम र संगीतको कथा भन्न खोजेेको छ । utsav-first-look
    यस्तै ओम प्रतिकको निर्देशनमा तयार भएको चलचित्र ‘यो कथा हो तिम्रो मेरो’मा रीस्ताका अलवा सुमन सिंह र रवि कार्कीको अभिनय छ । यो चलचित्रले प्रेम र परिवारको कथा भन्छ ।  ‘यो कथा हो तिम्रो मेरो’ काठमाण्डौ बाहिर पनि लागेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र