• Breaking News

    8.28.2014

    इराकमा फेरि टाउको काटी हत्या हुन थाल्यो

    काठमाडौं, भाद्र १२ । आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)ले इराकमा एक कुर्दिस नागरिकको शीर छेदन गरेको भिडियो सार्वजनिक गरेको छ । ‘रगतको सन्देश’को संज्ञा दिइएको भिडियोमा इराकी सहर मोसुलस्थित एक मस्जिद अगाडि घुँडाले टेकाइ शीर छेदन गरेको दृष्य देखाइएको छ ।

    इस्लामिक स्टेटविरुद्ध कुर्दिश लडाकुले कारबाही थालेको विरोधमा यस्तो कदम चालेको सो समूहले जनाएको छ । कारबाही नरोके यस्ता हत्या दोहोर्‍याउने चेतावनी सो समूहले दिएको छ ।

    यसअघि पनि सो समूहले एक अमेरिकी पत्रकारलाई नियन्त्रणमा लिइ हत्या गरेको थियो ।  (एजेन्सी)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र