काठमाडौं, साउन १८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्यवस्थापिका संसदलाई सम्बोधन गर्न संविधानसभा भवन जाँदै गर्दा बानेश्वर चोकमा आकस्मिक गाडी रोकेर स्थानिय जनतासँग हात मिलाउँदै भलाकुसारी गरेका छन् ।
सुरक्षा निकायलाई समेत जानकारी नदिई गाडी रोकी चोकमा उभिएका जनतासँग हात मिलाउन लाग्दा सुरक्षाकर्मीलाई पनि सुरक्षा व्यवस्थापनका लागि हम्मे हम्मे परेको थियो ।
सिंहदरबारबाट प्रधानमन्त्री मोदी बानेश्वरस्थित संविधान सभा भवन जान लागेको थाहा पाएर सडक पेटीमा स्थानिय जनताको बाक्लो उपस्थिति रहेको थियो ।
ratopati
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment