क्यानडा सरकारबाट सँचालित उक्त जबव्याँकमा कुनैपनि क्यानेडिएन कम्पनीले आफूलाई आवश्यक परेको कामदारको लागि निःशुल्करुपले विज्ञापन प्रकाशित गर्न पाउने छन् । सोही जवब्याँक मार्फत बिदेशीहरुले क्यानडाका कम्पनी तथा काम दिलाउने एजेन्सीहरु (recruiting agencies) सँग सिँधा सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्न सक्नेछन् ।
www.jobbank.gc.ca वेभ साइट रहेको उक्त जवब्याँकमा खोजी गर्दा अधिकाँश दक्ष जनशक्तिको माग बढि रहेको देखिएको छ । उदाहरणका लागि त्यसमा Electrician को लागि खोजी गर्दा नौ सय भन्दा बढी व्यक्तिहरुको माग भएको देखाउँछ भने Driver भनी खोजी गर्दा करिब चार हजार व्यक्तिहरु माग भएको देखाउँदछ ।
बिदेशी कामदारहरुले आफ्नो एकाउण्टसमेत खोली आफ्नो विवरण राख्न सकिने र क्यानेडिएन कम्पनीहरुसँग सिँधा सम्पर्क समेत गर्न सकिने सो जवब्याँकमा जनाइएको छ ।
आगामी जनवरी २०१५ देखि क्यानडा सकारले सबै प्रकारका व्यवशायमा काम गरेका व्यक्तिहरुले आवेदन गर्न पाउने गरी Experss Entry प्रणाली लागू गर्दै छ । उक्त प्रणालीमा आवेदन गरेका व्यक्तिहरुले यही Job Bank एवं आफ्नै तवरले क्यानेडिएन कम्पनीहरुसँग सम्पर्क राखी रोजगारीका लागि आवेदन गर्नुपर्ने हुन्छ । यसरी रोजगारीको अवसर पाइएमा क्यानडा सरकारले ६ महिना भित्रमा क्यानडाको स्थायी भिसा प्रदान गर्न सक्ने छ ।
क्यानडामा हाल करिब ७ प्रतिसत व्यक्तिहरु बेरोजगार रहेका छन् भने करिब एक करोड ८० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न पेशामा संलग्न रहेका छन् । त्यसैगरी यहाँका कामदारहरुले महिनामा करिब चार हजार डलर कमाउने तथ्याँक रहेको छ ।
संसार कै दोश्रो ठूलो देश क्यानडामा जम्मा तीन करोड चालिस लाख जनसंख्या रहेको छ भने करिब बीस हजारको संख्यामा नेपालीहरु रहेको अनुमान छ ।
क्यानडा नेपालीहरुका लागि विगत एक दशकदेखि सपनाको देश रहेको क्यानडा जान इच्छुक व्यक्तिहरु बताउँदछन् ।
No comments:
Post a Comment