• Breaking News

    8.19.2014

    ३६ वर्षपछि महिलाको पेटबाट निकालियो नजन्मेको बच्चाको कंकाल

    नयाँ दिल्ली– भारतको नागपुर जिल्लामा बस्ने एक महिलाको पेटबाट ३६ वर्ष पुरानो नजन्मेको बच्चाको अवशेष पाइएको छ ।
    ६० वर्षकी कान्ताबाई गुनवन्त नाम भएकी महिलाको पेटमा विगत ३६ वर्षदेखि उनको बच्चाको कंकाल रहेको पुष्टि भएको छ । उक्त कंकाललाई डाक्टरहरुको एक समूहले शल्यक्रिया गरेर निकालेका छन् ।
    नागपुरमा अवस्थित एनकेपी साल्वे इन्स्टिच्युट अफ मेडिकल साइन्स र लता मंगेस्कर हस्पिटलका डाक्टरहरुले पछिल्लो हप्ता कान्ताबाईको पेटबाट बच्चाको कंकाल निकालेका हुन् । विगत दुई महिनादेखि उनले आफ्नो पेटमा निकै पिडा भएका कारण अस्पतालमा उपचारका लागि आएकी थिइन् । उपचारको क्रममा डाक्टरहरुले पेटको दायाँ भागको तल्लो भागमा गाँठो भएको पत्ता लगाए जसलाई डाक्टरहरुले क्यान्सर भएको आशंका गरेका थिए ।
    एमआरआई पछि उक्त गाँठो उनको नजन्मेको बच्चाको कंकाल भएको पत्ता लाग्यो । यो अहिलेसम्मको सबैभन्दा पुरानो अवशेष हो जुन महिलाको शरिरमा पाइएको छ । यसलाई एक्टोपिक प्रेगनेन्सी भनिन्छ जसमा भ्रुण कोखभन्दा बाहिर विकसित हुने गर्दछ । (एजेन्सी)



     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र