काठमाडौं, २९ साउन । प्रहरी कारबाहीबाट दिनेश अधिकारी चरीको मृत्यु भएपछि उत्पन्न समस्या समाधान गर्न नेकपा एमालेले गृहमन्त्री वामदेव गौतम र केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा बुधबार भएको एमाले पदाधिकारी बैठकले चरीको विषयमा देखिएको समस्याको उपयुक्त समाधान निकाल्न गौतम र पाण्डेलाई जिम्मेवारी दिएको हो।
बैठकमा आमन्त्रण गरिएका पाण्डेले सुरुमा सहरमा अधिकारीलाई पक्राउ गरी हत्या गरिएको भन्दै संसदीय छानबिनको मागलाई पार्टीले अघि लिएर जानुपर्ने धारणा राखेका थिए।
पाण्डेले अध्यक्षबाटै संसदीय छानबिन गर्न माग गरिएको भन्दै पार्टीले त्यही विषयलाई लिएर अघि जानुपर्ने धारणा राख्नुभएको थियो, बैठकमा सहभागी एक पदाधिकारीले नागरिकसँग भने, तर, अधिकांशले गुन्डाको मनोबल बढ्ने गरी कुनै पनि अभिव्यक्ति र गतिविधि पार्टीबाट हुन नहुने धारणा राख्नुभयो।
अधिकांश पदाधिकारीले गुन्डा र आतंककारीु को जात र धर्म केही पनि नहुने भन्दै चरीको विषय लिएर पार्टी अघि बढ्न नहुने धारणा राखेका थिए। बैठकमा उपाध्यक्ष विद्या भण्डारीले अध्यक्ष केपी शर्मा ओलीले चरीको विषयमा राखेको धारणाको विरोध गरिन,’ आजको नागरिक दैनिकमा खवर छ,’ ‘अध्यक्षले त्यस्तो धारणा व्यक्त गर्दा पार्टीलाई राम्रो भएन। त्यस्तो विषयमा अध्यक्षले बोल्ने होइन। बोल्नै पर्ने भए अरूलाई लगाउनुपर्थ्यो, भण्डारीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने।’
बैठकमा भण्डारीले २०६१ सालमा आफू गुन्डाबाट पीडित भएको घटना पनि सुनाएकी थिइन्। घटना भएको एक दिनपछि पार्टी कार्यालय पुगेका धादिङका सभासद र चरीको आफन्तहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चरीको गैरन्यायीक हत्या भएको बताएका थिए।
उनले अन्य स्थानमा हत्या गरी भीमढुंगामा दोहोरो भिडन्तको नाटक मञ्चन गरिएको भन्दै घटनाको विषयमा संसदीय छानविन हुनुपर्ने बताएका थिए। यता उपाध्यक्ष गौतमले गृहमन्त्रीको हैसियतले ब्यवस्थापिका संसदको वैठकमा चरी दोहोरो फायरिङमा मारिएको बताएका थिए। बुधवारको पदाधिकारी वैठकमा पनि गौतमकले त्यही धारणा दोह्याएका थिए।
एक साताअघि काठमाडौंमबाट धादिङ जाँदै गरेका चरी प्रहरी कारवाहीमा मारिएका थिए। शंकास्पद व्यक्ति पछ्याउँदै गर्दा प्रहरीमाथि गोली प्रहार भएपछि प्रतिकार गर्दा मारिएको व्यक्ति चरीको भएको प्रहरीले बताउँदै आएको छ।
जबजस्ती असुली, अपहरण, गैडा खाग तस्करी, हत्या प्रयासको आरोप लागेका चरी एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्ष समेत हुन्।
बुधबार केन्द्रीय कमिटीको बैठक स्थगित भएपछि वसेको पदाधिकारी बैठकमा अधिकांश समय चरीको विषयमै छलफल भएको थियो। चरीको विषयमामा बढी छलफल भयो। त्यसैले अन्य विषयमा बैठकमा छलफल हुनै सकेन, एक पदाधिकारीले भने।
वैठकमा राजदूत नियुक्ती, २६ सभाषदको मनोनयन, संवैधानिक निकायको नियुक्तिलगायतका विषयमा छलफल गर्ने भन्दै पदाधिकारी वैठक राखिएको थियो।
No comments:
Post a Comment