• Breaking News

    8.13.2014

    अजय देवगानको ‘सिघंम रिटर्न्स’मा सेन्सरको कैँची !

    बलिउड स्टार अजय देवगान अभिनित चलचित्र ‘सिघंम रिटर्न्स’का केहि दृश्यमा सेन्सरले कैँची लगाएको छ । चलचित्रमा समावेश केहि आपत्तिजनक दृश्यहरुमा सेन्सर वोर्डले केँची लगाएको हो । यसका बाबजुत चलचित्रले सेन्सरवाट ‘यु’ सर्टिफिकेट भने पाएको छ ।

    रोहित सेट्टी निर्देशित चलचित्रमा केहि समावेश हिन्दु संगठन बिरोधी केहि दृश्य तथा संवादको बिरोधमा हटाउने माग गर्दै हिन्दुवादी संगठनले गरेको अपिल अनुसार सेन्सरले त्यस्ता दृश्यहरुमा कैँची लगायो । धार्मिक सहिष्णुतामा खलवल पुर्याएको आरोप सहित चलचित्रमा समावेश केही दृश्य तथा संवादहरुको बिरोध भएको थियो ।

    अजय देवगान तथा करिना कपुरको मुख्यभुमिका रहेको यो चलचित्र अगष्ट १५ अर्थात आउँदो शुक्रवारबाट वर्ल्डवाईड रिलिजको तयारीमा छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र