काठमाडौं, साउन १८ – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरे भन्ने ठाउँमा गएको पहिरोको स्थलगत जानकारी लिए लगत्तै त्यहाँ नारावाजी भएको छ । पिडितहरुले पहिरोमा परेका व्यक्तिहलाई छिटो भन्दा छिटो उद्धार गरिनुपर्ने माग राख्दै स्थानिय र प्रदर्शनमा उत्रिएपछि त्यहाँ झडप भएको छ ।
गृहमन्त्री गौतमले घटनास्थलमा पुगेर पाँच हजार रुपैयाँ दिने दिने आश्वासनप्रति आपत्ती जनाउँदै स्थानीयहरु प्रदर्शनमा उत्रिएपछि त्यहाँ प्रहरीले बल प्रयोग गरेको थियो ।
पिडित पक्षले राहत नचाहिने र पुरिएका आफ्ना परिवारलाई छिटोभन्दा छिटो उत्खनन् गरिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
यता घटनास्थलमा पुरिएका घरहरुको उत्खनन कार्य सुरु भएको छ ।
गृहमन्त्री बामदेव गौतमले घटनास्थलको अवलोकनपछि उत्खनन् कार्य तत्काल गर्न आदेश दिएका हुन् ।
शनिबार बिहान ३ बजे गएको पहिरोले पहिरोमा परी नौँ जनाले ज्यान गुमाइसकेका छन् । । त्यसैगरी उत्खननकै क्रममा आइतबार बेलुका ४ बजे एक बालकको शव सँगै एउटा बाकसमा एकलाख ९० हजार रुपैयाँ फेला परेको छ ।
उक्त रकम सो घरको सम्बन्धित महिलालाई दिइएको स्रोतले बताएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment