• Breaking News

    8.13.2014

    १९९ रुपैयाँमा काठमाडौंदेखि बागडोग्रा स्पाइजेटमा सरर

    २९ साउन, काठमाडौं ।

    भारतको सस्तोमा उडान गर्ने निजी वायुसेवा कम्पनी स्पाइसजेटठले बुधबारबाट बागडोग्रा–काठमाडौं उडान सुरु गरेको छ ।

    कम्पनीले यो रुटमा प्रतियात्रु १ सय ९९ रुपैयामा प्रवद्र्धनात्मक भाडादर पनि सार्वजनिक गरेको छ ।

    स्पाइसजेटको नेपालस्थित कार्यलयले बुधबार जनाएअनुसार काठमाडौं–बागडोग्रा–काठमाडौं रुटमा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने गरी तालिका बनाइएको छ ।

    कम्पनीले काठमाडौं–नयाँदिल्ली रुटमा पनि उडान गरिरहेको छ । गत तीन महिनामा ४६ हजार ७ सय यात्रुले यो रुटमा उडेका थिए । त्यसैगरी कोलकाता–बागडोग्रा–काठमाडौं रुटका लागि ५ हजार २ सय ६० जनाले बुकिङ गरिसकेका छन् ।

    दुवै रुटमा ‘बोइङ ७३७ नेक्स्ट जेनेरेसन’ जहाज प्रयोग गरिएको कम्पनीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र