• Breaking News

    8.31.2014

    बस दुर्घटनामा २३ को मृत्यु

    अफगानिस्तान: अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा आइतबार भएको बस दुर्घटनामा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ ।

    आइतबार बिहान एउटा बस ट्रकसँग ठोक्किदा भएको दुर्घटनामा बसमा रहेका २३ जना यात्रुको ज्यान गएको हो । सो दुर्घटनामा परी अरु चार जना गम्भीर रुपमा घाइते भएका छन् । हेरातको हेरात स्लाम क्वाला राजमार्गमा सो दुर्घटना भएको समाचारमा जनाइएको छ ।

    आइतबार बिहान स्थानीय समयअनुसार ७.३० बजे सो दुर्घटना भएको थियो । मृत्यु हुनेमा महिला र बालबालिका बढी परेका छन् । घाइतेलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

    सो क्षेत्रमा यसअघि पनि पटक पटक यस्ता दुर्घटना हुने गरेका छन् । अफगानिस्तानको सडक यातायत अत्यन्तै जोखिमपूर्ण रहेको छ । जसका कारण त्यहाँ बारम्बार सडक दुर्घटना हुने गर्दछ । - रासस/सिन्ह्वा

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र