• Breaking News

    8.31.2014

    लैनो भैंसीको कुँडोमा छिमेकीले विष राखेपछि

    कुँडोमा फोरेट नामको कडा विष मिसाएर छिमेकीको लैनो भैंसी, खसी र बाख्रा मारेको अभियोगमा प्रहरीले तेह्रथुमको जल्जलेबाट एक दम्पतीलाई पक्राउ गरेको छ। कुँडोमा विषादी मिसाएर जल्जले ९ याङ्शिलाका गणेश बुढाथोकीको लैनो भैंसी, तीनवटा खसी र दुईवटा बाख्रा मारेको अभियोगमा प्रहरी छिमेकी शेरबहादुर र पत्नी नन्दकुमारी नेपाललाई शुक्रबार पक्राउ गरेको हो।   केरामा लाग्ने गँबरा नियन्त्रणका लागि प्रयोग गरिने कडा विषादी फोरेट कुँडोमा मिसाएर छिमेकीको लैनो भैंसी, खसी र बाख्रा मारेको अभियोगमा bhaisiनेपालदम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपालदम्पतीको घरबाट फोरेटको खोलिएको एउटा बोतल बरामद गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राम खड्काले दिए।   मरेको लैनो भैंसी, तीनवटा खसी र दुईवटा बाख्रामध्ये एउटा खसीको जिल्ला पशु सेवा कार्यालयमा ल्याएर पोस्टमार्टम गराइएको उनले बताए।आफूहरू घरमा नभएको अवस्थामा भैंसी र बाख्राका लागि पकाइराखेको कुँडोमा आँगन जोडिएका छिमेकी नेपालदम्पतीले फोरेट मिसाइदिएको बुढाथोकी परिवारको दाबी छ। तीजको सांगीतिक कार्यक्रमबाट फर्किएर बिहीबार अपराह्न कुँडो खुवाउनेबित्तिकै भैंसी, खसी तथा बाख्रा थरथर काँप्दै, मुखबाट फिँज र :याल काढेर मरेको गणेशकी पत्नी गंगामाया बुढाथोकीले बताइन्।   आजको अन्नपूर्ण पोस्ट लेख्छ, 'बिहीबार दिउँसो घरका सबै तीजको सांगीतिक कार्यक्रममा गएका थियौं', उनले भने, 'कार्यक्रमबाट फर्किएर दिउँसो ३ बजेतिर कुँडो खुवाएको १०/१५ मिनेटमा भैंसी, बाख्रा र खसी भकाभक मरे।' पक्राउ परेका नेपालदम्पतीले छिमेकी बुढाथोकी परिवारले भैंसी र बाख्राका लागि पकाइराखेको कुँडोमा फोरेट मिसाएको स्वीकार गरेको प्रहरी सहायक निरीक्षक खड्काले बताए। 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र