• Breaking News

    8.16.2014

    कोही नभएको मौका पारेर झुन्डिएर आत्महत्या

    कञ्चनपुर, भदौ १ – बेलौरी नगरपालिका–९ भगतपुरका ४९ वर्षीय वासुराम चौधरीले आइतबार झुन्डिएर आत्महत्या गरेका छन् ।
    घरमा कोही नभएका बेला चौधरीले घरको कोठामा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक युवराज भण्डारीले बताए ।
    मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा पठाइएको छ ।
    आत्महत्या गर्नुको कारण खुल्न नसकेकाले अनुसन्धानको कार्यलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र