• Breaking News

    8.17.2014

    युथ क्रिकेटमा नेपालको लगातार तेस्रो जित ( फोटोसहित)

    १ भदौ, काठमाडौं ।
     नेपालले एसीसी यु–१६ प्रिमियर लिग क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । नेपालले मलेसियाको रोयल सेलाङ्गर क्लवको मैदानमा ओमानलाई १ सय २ रनले हरायो । १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपाली बलरले ६२ रनमा अलआउट गरेका थिए । नेपालका लागि अनिल खरेलले ६ विकेट लिएपछि ओमानको इनिङ ध्वस्त भएको थियो । म्यान अफ द म्याच अनिलले १६ रन खर्चेका थिए ।

    नेपाली बलरसामु ओमान २९ ओभरसम्म मात्र टिकेको थियो । यसअघि टस हारेर व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा १ सय ६४ रन बनाएको थियो । नेपालका लागि जितेन्द्र सिंहले ३२ रनको योगदान गरेका थिए ।

    नेपालले अघिल्ला खेलमा थाइल्याण्ड र सिंगापुरलाई हराएको थियो । लगातारको तीन जितपछि नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

    ६ टीम सहभागी भएको प्रतियोगिताको शीर्ष स्थानमा रहने टीमले उपाधि जित्नेछ । नेपालले अब आयोजक मलेसिया र बहराइनसँग खेल्ने बाँकी छ । नेपालले भोलि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।

    म्याच हेर्न मलेसियामा रहेका नेपाली कामदार नेपाली झण्डासहित पुगेका थिए । मलेसियामा हुने प्रतियोगितामा नेपाली दर्शकको राम्रै उपस्थिति हुने गरेको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र