• Breaking News

    8.12.2014

    कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुल्ला

    काठमाडौं, साउन २८–इपीएसमार्फत कोरिया जानका लागि कोरियाली सरकारले लिने भाषा परिक्षाको आवेदन बुधबारदेखि खुल्ला भएको छ ।
    परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फाराम बुझाइसक्नुपर्नेछ ।
    यसवर्ष उपत्यकाका ३ स्थान र राजधानीबाहिर चार ठाउँबाट आवेदन फाराम बुझाउन सक्ने व्यवस्था गरिएको छ ।
    राजगारीको आकर्षक गन्तब्य मानिएको कोरिया जानका लागि भाषा परीक्षा अनिवार्यरुपमा उत्तीर्ण गर्नुपर्ने हुन्छ भने त्यसपछि कोरीया जाँदा मासिक एकलाख भन्दा बढी कमाई हुन्छ ।
    आवेदन फराम बुझ्ने काम सरल होस् भनेर सरकारले प्रत्येक केन्द्रमा आवश्यकता अनुसार ६० देखि ८० जनासम्म कर्मचारी परिचालन गरेको छ । यसबारे सुरक्षामर्कीहरु पनि खटाइएको छ ।
    उपत्यकाको एक्मी इन्जिनियरिङ कलेज, सितापाइला, ल्याबराटरी स्कुल, किर्तिपुर र च्याासल खेलमैदान, बालकुमारीबाट आवेदन फाराम बुझउन सकिने छ ।
    यस्तै राजधानीबाहिर पोखरा घरान बुटबलबाट आवेदन फाराम पाइन्छ । आवेदन फराम संकलन कार्यको कोरियाको प्रतिनिधिले अवलोकन गर्नेछन् ।
    इपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले आवेदन फराम बुझ्नको लागि सबै तयारी पूरा भएको जानकारी दिए ।
    फाराम भर्नका लागि मंगलबार राती देखिनै विद्यार्थीहरु लाइनमा बसेका छन् । यसवर्ष करीब ६० हजार विद्यार्थीले आवेशद दिने इपीएस शाखाको अनुमान छ । यद्यपी कोरीलाई कति कामदार लैजाने भन्नेचाहीँ गोप्य रादिएको छ । तर, नेपाली कामदारको माग उच्च रहेकाले गतवर्षभन्दा बढी लैजाने बुझिएको छ ।
    आवेदन फराम बुझाउँदा विद्यार्थीले २४ अमेरिकी डलर बुझाउनु पर्नेछ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र