सिनेमा रिलिज भएको करिब सात महिनापछि सक्सेस पार्टी मनाउँदै ‘६ एकान ६’ टिमले कलाकार तथा प्राविधिकलाई बोनस बाँडेको छ। आइतबार एक कार्यक्रम आयोजना गर्दै सिनेमाका निर्माताहरूले सिनेमाको नाफाबाट बोनस बाँडेका हुन। उक्त कार्यक्रममा नयाँ सिनेमा ‘वडा नं ६’ बनाउने घोषणा पनि गरियो। दशकअघि ‘आफ्नो मान्छे’ पछी सिनेमाको नाफाबाट बोनस बाँडिएको यो दोस्रो पटक हो।
कार्यक्रममा दिवगंत निर्देशक शिव रेग्मीलाई सम्ममान स्वरूप ५१ हजार प्रदान गरियो। यस्तै सुनकोसी बाढी पीडितलाई २५ हजार र चलचित्र पत्रकार संघलाई १५ हजार दिने घोषणा पनि गरिएको थियो। त्यसैगरी सिनेमा वितरक गोपाल कायस्थले निर्माण घोषणा गरिएको सिनेमा ‘वडा नम्बर ६’ लाई अग्रिम भुक्तानी दिए। दशकअघि यसैगरी वितरक तथा प्रर्दशकले नेपाली सिनेमाका निर्मातालाई अग्रिम भुक्तानी दिने गर्दथे।
सिनेमाले सफलता मनाइरहदा सिनेमाका क्यापटेन अर्थात ‘६ एकान ६’ का निर्देशक दिनेश डिसी र नायिका नीता ढुङगाना भने पार्टींमा देखिएनन। सिनेमाको प्रर्दशर्नताका निर्माण पछ र निर्देशकबीच खटपटको खबर बाहिरिएको थियो। फिल्ममा नीर शाह, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, राजवल्लभ कोइराला, नीता ढुंगाना आदिको अभिनय रहेको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment