• Breaking News

    8.01.2014

    पीकेमा न्यूड अमिर खान

    एजेन्सी, १६ साउन, चर्चित अभिनेता अमिर खानको नयाँ फिल्म 'पीके' को पहिलो पोष्टर सार्वजनिक भएको छ । पोष्टरमा अमिर खान न्यूड देखिएका छन् । रेलवे लाइनमा उभिएका अमिर खानको शरीरमा कुनै कपडा छैन । उनले एउटा टेप रेकर्डरले आफ्नो सम्वेदनशिल अङ्ग छोपेका छन् ।
    राजकुमार हिरानीको निर्देशनमा बन्दै गरेको फिल्ममा आफू पनि उत्साहित भएको अमिर खानले बताएका छन् । उनले फेसबुक र ट्वीटरमा पहिलो पोष्टर सार्वजनिक गर्दै फ्यानसँग प्रतिक्रिया मागेको बीबीसीले जनाएको छ । उनको पोष्टरको प्रतिक्रिया स्वरुप सकारात्मक र नकारात्मक दुबैखाले कमेन्ट आएका छन् । केही फ्यानले उनको पोष्टर देखेर 'पीके' फिल्म हेर्न आफू आतुर रहेको बताएका छन् भने केहीले खिल्ली समेत उडाएका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र