• Breaking News

    7.15.2014

    कुमारी आमाको विचल्ली, आरोपित नातेदार फरार

    गुल्मी, असार ३१ – अर्घाखाँचीमा एक कुमारी आमाको बिचल्ली भएको छ । भगवती गाविस वडा नम्बर ६ निवासी १९ वर्षीया रानीमैयाँ पाण्डे (नाम परिवर्तन ) को बिचल्ली भएको हो ।
    सुरुमा स्वीकार गरेका स्थानिय पिताम्बर पाण्डे विदेशतिर फरार भए पछि रानीमौयाँबाट असार ४ गते जन्मिएका छोराको अहिलेसम्म न्वारन हुन सकेको छैन । विपन्न ब्राम्हण परिवारकी रानीमैयाँकी आमा मात्र घरमा छिन् । एकल महिला उनले सुत्केरी छोरीलाई सुत्केरी पोषण खुवाउन नसक्दा उनको स्वास्थ्य अवस्था कम्जोर हुँदै गएको छ ।
    ऋण काढेर पाल्पा अस्पतालमा पुराई प्रसुति गराईएकी रानीमैयाँको सन्तानको स्वास्थ्य अवस्था भने रामै्र छ । ३ सन्तानका बाबु पिताम्बर पाण्डेले गर्भ पतन गराउन विभिन्न औषधी दिए पनि त्यसले काम नगरे पछि असफल भएको उनले बताईन् । नातामा भिनाजु पर्ने पाण्डेले घरमा आमा नभएको बेलामा आई आफूसँग जबरजस्ती सम्बन्ध राखेको रानीमैयाँको भनाई छ ।
    रानीमैयाँकी आमाले छोरीको न्यायका लागि गाउँदेखि सदरमुकाम सन्धिखर्कसम्म पुगेर खर्च गरे पनि न्याय दिलाउन नसकेको भन्दै सबै पक्षसँग छोरीलाई न्याय दिलाउन आग्रह गरेकी छिन् ।
    आरोपित पाण्डेले गर्भ पतन गराउन दबाब दिएको फोन रेकर्ड स्थानियवासीले सुरक्षित राखेको बताए । स्थानिय समाजसेवी भोला पाण्डेका अनुसार उनीहरु दुईबिच भएको १ सय ५२ वटा मोबाईल कुराकानी सुरक्षित राखिएको छ । रानीमैयाँको न्यायको पक्षमा अगुवाई गरेको बताउने पाण्डेले छिट्टै सम्मानित अदालतले न्याय दिलाउन आग्रह गरेका छन् ।
    आरोपित पाण्डेले स्वीकार गरे पनि उनका दाजुका कारण उनी अलपत्र परेको रानीमैंया पक्षधरले बताए । पाण्डेकी श्रीमती सुत्केरी भएको बेला घरायासी काम गर्न गएकी रानीमैंयालाई त्यसबेलादेखि अवैध सम्बन्धमा फसाउँदै आएको उनी बताउँछिन् । करिब तीन महिनासम्म आफूहरु बिच त्यस्तो सम्बन्ध रहेको उनले बताईन् । गाउँमा उनीहरु बिचको सम्बन्धले चर्चा पाएपछि आरोपित पाण्डे मंंसिरमा वैदेशिक रोजगारका लागि कतार उडेका थिए ।
    प्रेम सुनार
    रातोपाटी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र