• Breaking News

    7.17.2014

    ओबामालाई विषालु पत्र पठाउनेलाई २० वर्ष कैद

    साउन २ ,एजेन्सी–अमेरिकी राष्ट्रपति बाराक ओवामा र न्युयोर्कका मेयर माइकल ब्लुमबर्गलाई ‘रिसिन’नामको विषालु रसायन डुवाएको पत्र पठाउने एक अभिनेत्रीलाई १८ वर्ष कैद सजाय सुनाइएको छ ।
    तर सजाय सुनाइएकी टेक्ससमा बसोबास गर्ने ३६ वर्षिया सेनन रिचर्डसनले भने सम्बन्ध विच्छेद भइसकेको आफ्ना पतिले आफुलाई फसाउन तीनवटा विषयुक्त पत्र पठाएको आरोप लगाएकी छन् । ‘मेरो उद्देश्य कसैलाई हानी गर्नु थिएन,’ उनले अदालतमा भनिन् ।
    रिसिन एउटा प्राकृतिक प्रोटिन हो,जुन निकै विषालु हुन्छ । गत वर्ष डिसेम्बरमा सेनन रिचर्डसनले आफुसँग आफैँले बनाएको रिसिन भएको बताएकी थिइन् । आफ्नो अपराध कबुल गर्ने सर्तमा एक संघीय न्यायधीसले उनलाई अधिकत सजाय र ३ लाख ६७ हजार डलर जरिवाना गर्न आदेश दिएका थिए ।
    फिल्मी वेभसाइड आईएमडीबीका अनुसार सेनन रिचर्डसनले ‘द भाम्पायर डायरिज’ र ‘द वाकिङ हेड’ जस्ता टेलिभिजनमा धाराबाहिकमा ससाना रोल निभाउँदै आएकी थिइन् । आजको राजधानी दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र