• Breaking News

    7.17.2014

    आफ्नै छोरी बलात्कार गर्ने बलात्कारी बाबुलाई २० वर्ष जेल

    भोजपुर,साउन२–आफ्नै छोरीलाई बलात्कार गर्ने होम्ताङ–२ भोजपुरका टंक बहादुर(नाम परिवर्तन)लाई जिल्ला अदालत भोजपुरले २० वर्ष कैदको सजाय सुनाएको छ । बलात्कारपछि फरार रहेका उनीविरुद्ध उनकै छोराले प्रहरीमा उजुरी दिएका थिए ।
    उनलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश कृपाशुर कार्कीको इजलासले २० वर्षको कैद सजाय सुनाएको हो । अदालतको फैसलापछि टंकबहादुर जेल चलान भएका छन् ।
    गत वैशाख २४ मा ८ वषीर्या छोरीलाई घरमा कोही नभएको मौकाछोपी आवाज निकाले मारिदिने धम्कि दिँदै उनले बलात्कार गरेका थिए ।
    नयाँ पत्रिका दैनिकका अनुसार बलात्कार गरेर भागेका उनलाई प्रहरीले घर नजिकैको जंगलबाट ३० बैशाखमा पक्राउ गरेको थियो । उनका दुई श्रीमति छन । उनले कान्छी श्रीमतीतर्फको छोरीलाई बलात्कार गरेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र