निर्देशक अनुप बरालले आफ्नै विद्यार्थी रहेकी नायिका दिया मास्केसँग गत साता लगनगाँठो कसेका छन् । त्यस्तै नायक श्रीकृष्ण श्रेष्ठले नवनायिका श्वेता खड्कालाई भित्र्याएका छन् । बिहे नगर्ने कसम खाएकी नायिका मिथिला शर्माले समेत बुढेसकालमा पूर्वआईजीपी मोतीलाल बोहोरासँग बिहे गरेर हनिमुन मनाउन पोखरातिर लागेकी छिन् ।
मिलन क्यासिनो किङका नामले चिनिने बलराम सापाकोटा ‘बले’ का भाइ हुन् । बले पटक–पटक पक्राउ परेपछि मिलन भने पक्राउ परेका छैनन् । प्रहरीले गुण्डागर्दी र क्यासिनो लगानीकर्ताको सूचीमा राखेपनि मिलनले भने आफू कुनै पनि अवैध गतिविधिमा संलग्न नरहेको बताउँदै आएका छन् । उनले युरोपमा समेत होटल चलाउँदै आएका छन् । पहिला क्यासिनोमै उनी टेबुल चलाउँथे । उनै मिलनले प्रोडुयसर, ब्लाकमेल जस्ता सिनेमामा अभिनय गरेकी श्वेतासँग बिहे गरेका हुन् ।
No comments:
Post a Comment