काठमाडौं, असार ३१
चार नम्बर बुथ गन्न थाल्दा ओलीको अग्रता
नेकपा एमालेको नवौं महाधिबेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार १०० मत गनिएकोमा केपी ओलीले अग्रता लिएका छन्।
जसमध्ये ओली ५५ र नेपाल ४४ मत पाएका छन्।
हिजो स्थगित भएर आजबाट चार नम्बर बुथको मत गन्दा ओलीले अग्रता लिएका हुन्।
चार नम्बर बुथमा मध्य र पश्चिमाञ्चल समेटिएको छ।
ओलीको पकड क्षेत्र मानिएको यी क्षेत्रको गणनासँगै ओलीले अग्रता लिएका हुन्।
ओलीको धेरै पकड मानिएका गण्डकी लुम्बीनी भेरी राप्ती र दुबैको समान उपस्थिति भएका धौलागिरि अञ्चल पर्छन्। ओली पक्षले ४ नम्बर बुथको गणना सकिन्जेलसम्ममा उल्लेख्य मात्रामा अग्रता लिने र यो बुथको गणनानै चुनाव परिणाममा निर्णायक हुने दाबी गरेको छ।
No comments:
Post a Comment