मगलबार , ३१ असार
एमालेमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनको हालसम्मको मत परिणाम अनुसार माधवकुमार नेपालले ६८३ मत प्राप्त गरेका छन् भने केपी ओलीले ६५० मत प्राप्त गरेका छन् ।
चौथो बुथको १०० मत गन्दासम्म नेपालको ६८३ र ओलीको ६५० पुगेको हो । यसअघिका तीनवटा बुथको मत गणना ३० असार राति भइसकेको छ ।
पछिल्लो मत परिणामः
अध्यक्ष
केपी ओली————– ६५० माधव नेपाल———६८३
उपाध्यक्ष
वामदेव गौतम———–६३६ भीम रावल————-६९०
विद्या भण्डारी————६२० युवराज ज्ञवाली———–६८७
प्रदीप नेपाल————-५६१ अष्टलक्ष्मी शाक्य——–६७३
धर्मनाथप्रसाद साह——-५३९ लालबावु पण्डित———६५८
किरण गुरुङ————–-५७२ राजेन्द्रप्रसाद पाण्डे——-६६३
महासचिव
ईश्वर पोखरेल————५८७ सुरेन्द्र पाण्डे———–६६२
उपमहासचिव
विष्णु पौडेल————-६१८ रघुजी पन्त———–६३२
शंकर पोखरेल————५९१ घनश्याम भुसाल——६९४
सचिव
प्रदीप ज्ञवाली————६४२ गोकर्ण विष्ट———–७७६
विष्णु रिमाल————५७१ योगेश भट्टराई——–६८७
पृथ्वी सुब्बा गुरुङ——–५८२ बेदुराम भुसाल———६३१
रघुवीर महासेठ———-५३२ पर्शुमेघी गुरुङ———-६६२
केशवलाल श्रेष्ठ———-५०५ भीम आचार्य———–६६४
एमालेमा १४ पदाधिकारीसहित १५८ सदस्यका लागि ३३५ जना चुनावी प्रतिस्पर्धामा छन् । माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच तीब्र प्रतिस्पर्धा छ । १७ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।
हिमालखबर बाट
No comments:
Post a Comment