साउन ६ ,काठमाडौं । आइतबार देशकै जेठो कलेज त्रिचन्द्र कलेजमा प्रेमिकाको निहुँमा विवाद हुँदा एमाले र कांग्रेसका विद्यार्थीहरुबीच खुकुरी हानाहान भयो । यतिमात्र नभई यसैको झोंकमा कलेजको बीपी पुस्तकालय खरानी हुनेगरी आगजनी गरियो ।
यो आगजनीबाट पुस्तकप्रेमीदेखि सर्वसाधारणहरु सबै मर्माहत भए, दु:खी बने । धेरै सामाजिक सञ्जालमार्फत ‘अविवेकीहरुद्वारा ज्ञानको आगजनी’ भन्दै प्रतिक्रिया दिए ।
यसै क्रममा त्रिचन्द्र कलेजकै विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा चर्चा कमाएका नेपाली कांग्रेसका युवा नेता गगन थापा समेत सो आगजनीबाट मर्माहत भएको बताएका छन् ।
बीपीकै नाममा खुलेको पुस्तकालय बीपीकै स्मृति दिवसको संघारमा आगजनी हुँदा झन् मन दु:खेको उनले बताएका छन् । नेता थापाले भने, ‘ठूलो दु:ख गरेर स्थापना गरिएको पुस्तकालय खरानी हुँदा मन दु:खेको छ ।’
विद्यार्थीहरुले नै पुस्तक दान दिएर निर्माण गरिएको समझँदै उनले भने, ‘तर, आज पुस्तकालय खरानी भएको सुनें, मेरो मन असाध्यै जल्यो । रिसको झोंकमा झ्यालमा सिाि फुटाएको भए चित्त बुझाउने ठाउँ हुनथ्यो होला । तर, ज्ञानको मन्दिरमै आगो ठोस्ने काम भयो ।’
उनकै पार्टीका विद्यार्थी संगठन नेवि संघको समेत आगजनी संलग्ना रहेको छ । एक दैनिक पत्रकिासंग कुरकानी गर्दे उनले भने, ‘आफ्नै होस् या अरु, पुस्तकालय जलाउनेलाई कारवाही हुनुपर्छ ।’
No comments:
Post a Comment