• Breaking News

    7.27.2014

    उमेर २० वर्ष तौल २५० किलो (फोटो फिचर)

    चीनको लायोनिङ क्षेत्रका बासिन्दा ज्याङ हाङजुङ केवल २० वर्षका भए । तर उनको तौल भने २५० किलो भन्दा बढी भैसकेको छ । यति सानो उमेरमा उनको तौल जति बढेको छ त्यो अनौठो विषय भएको चिकित्सकहरु बताउँछन् ।

    सामान्य परिवारका सदस्य ज्याङ यो मोटो पनको उपचार गराउन असमर्थ छन् । उनीहरुको आर्थिक अवस्था राम्रो नभएका कारण परिवार चुप लागेर बसेको छ ।

    मोटो पन घटाउने उपचार महंगो भएका कारण उनको यो सम्हालि नसक्नुको तौल कम गर्न परिवारसँग कुनै उपाय छैन । मोटो पनका कारण ज्याङ कुनै काम गर्न सक्दैनन् । उनलाई नुहाइ दिने देखि लिएर कपडा बदलिदिने काम समेत बाबुआमाले गर्छन् ।
    ज्याङका जुम्ल्याहा भाइ पनि जन्मदेखि नै सेरिब्रेल पालसी का शिकार छन् । आफ्ना बच्चाहरु यसरी असामान्य रोगको शिकार भएपनि परिवार भने उपचार गर्न नसकेर किम कर्तब्य बिमुड देखिन्छ ।

    उनी यता उता फर्किन समेत कठिन महसुस् गर्छन् । उनलाई यताउता फर्काउँदा परिवारका सदस्य नै थाक्ने अवस्था आउँछ ।

    ज्याङको सम्पूर्ण खानाको जिम्मा उनकी आमाले लिएकी छिन् । भने बाबुले अन्य कुरामा सघाउँछन् । सायद उनी विश्वकै सबैभन्दा मोटा ब्यक्ति हुन् । तर उनको कुनै रेकर्ड भने छैन ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र