• Breaking News

    7.27.2014

    पत्नीसहित छोराको फार्म हाउसमा दाहाल (फोटोफिचर)

    काठमाडौं, ११ साउन   एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार एकाएक चितवन पुगेका छन् । राजनीतिक कायक्रमलाई सम्बोधन गर्नमात्र राजधानी बाहिर जाने दाहाल यो पटक भने फरक कारणले पत्नीसहित चितवन पुगे ।



    सासुआमाको निधनका कारण शोकमा परेका उनी यतिबेला छोराको प्रगती देखेर दङ्ग परेका छन् । पार्टिभित्रै बिवादको कारण बनेका प्रकाश दाहालले आफ्नो मेहनतमा गाई फार्म गरेको दृश्य अवलोकन गर्न दाहाल आइतबार एकाबिहानै चितवन गएका हुन् ।
    दाहालपुत्रले बाबुआमाले फार्म अवलोकन गरेको तस्वीर फेसबुक मार्फत सार्वजनिक गरेका छन् । ‘मामाभाञ्जा लाइभ स्टक’का नामले परिचित यो फार्मले दिनको लगभग एक सय २० लिटर दुध उत्पादन गर्नेगरेको प्रकाशले फेसबुकमा उल्लेख गरेका छन् । प्रकाशले आफ्नो अग्रसरतामा काठमाडौंमा बंगुर पालन समेत गर्दै आएका छन् ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र