• Breaking News

    7.29.2014

    ७ महिनाको छोरा सहित लक्ष्मीले झुण्डिएर प्राण त्यागिन्

    १३ साउन, अछाम ।

    जिल्लाको धाकु गाविस ३ कि २१ बर्षीया लक्ष्मी देवी चलाउनेले काखको ७ महिनाको छोरा सहित झुण्डिएर आत्महत्या गरेकी छिन् ।

    छोरा एकेन्द्र चलाउनेलाई समेत आफुसँगै झुण्ड्याएर लक्ष्मीले आत्महत्या गरेकी हुन् ।

    साउन १२ गते घरका अन्य सदस्यहरु खेतमा काम गर्न गई साँझ घरमा आउदा उनीहरुलाई घर भित्र झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारेका थिए ।

    प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको र परिवारका सदस्यहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र