• Breaking News

    7.29.2014

    नेपाली महिलालाई दुर्व्यवहार गर्ने भारतीय व्यापारीलाई भारतीय बजारमै कार्वाही

    साउन १३,नेपालगन्ज। नेपाली नागरिकलाई कुटपिट तथा अभद्र दुव्यवहार गर्ने दुईजना व्यापारीलाई रुपैडिहा थानाले पक्राउ गरि कारवाही गरेको छ। प्रायजसो नेपाली नागरिकले घरायसी सामान किन्ने भारतीय बजार रुपैडियाको दिनेश कुमार कुवंर नरेन्द्र बस्त्रका विक्रेता दुईजना बाबुछोरा दिनेश तुल्सीयान र पप्पु तुल्सीयानलाई भारतीय प्रहरीले नै पक्राउ गरेको हो।

    रुपैडियामा नेपाली महिलालाई दुर्व्यवहार गर्ने व्यापारी दिनेश तुल्सीयान।

    नेपालगन्ज ३ बस्ने रेखा देवी मिश्रालाई दुर्व्यवहार र हातपात गरेको भन्दै रुपैडिहा थानाले पक्राउ गरि उनिहरुलाई कारवाही गरेको हो। मिश्राले कपडा किन्दा च्यातेको कपडा किन लिने भन्ने विषयबाट विवाद उत्पन्न भएसँगै जवर्जस्ती किन्न लगाउने प्रयासपछि मिश्राले आफुलाई दुर्व्यवहार तथा हातपात समेत गरेको भन्दै रुपैडिहा थानामा उजुरी दिएपछि प्रोप्राईटर दिनेश र पप्पुलाई पक्राउ गरेको थियो। मिश्रालाई बाबुछोराले हातपात गरि अभद्र शव्द प्रयोग गरि गालीगलौज गर्दै सबै नेपाली महिलाहरुलाई लान्छाना लगाउने काम गरेपछि मिश्राले उजुरी दिनु भएको थियो।

    रुपैडियामा विगत पहिलेदेखि नै नेपालीप्रति हेर्ने दृष्टिकोण नै फरक भएकाले उनिहरुले जुनसुकै नेपाली महिलाहरुलाई नाजायज सोच्ने प्रबृतिले भारतीय बजार रुपैडिहा जान पनि अप्ठ्यारो लाग्ने गरेको एक नेपाली महिलाले बताउनुभयो।

    धेरै जसो नेपालीहरु धरायसी सामान तथा उपभोग्य वस्तु किन्न भारतको रुपैडिहा बजार जाने गरेको पाईन्छ । यस्तै नेपालीहरु रुपैडिहा समान किन्न जाँदा नेपाली प्रति अभद्र तरिकाले बोल्ने, जिस्क्याउने लगायतका दुव्यवहार भारतीय बजारका नागरिकहरुले गरिरहेको पाईन्छ । यस्ता खाले दुव्यवहार भईरहेपनि नेपाल भारतको सम्बन्ध सुमधुर बनाउनुको सट्टा भारतीय सरकारी तथा मानवअधिकारकर्मीहरु मौन बसेको आरोप स्थानियहरुले लगाएका छन्।

    पक्राउ परेका दिनेश र पप्पुलाई आइतवार रुपैडिया थानाका इन्चार्ज आरपी पाण्डे, समाजसेवी, पत्रकार सुरेश कुमार मधेशीयाको अगाडी आम माफी मगाई अबदेखी नेपाली महिलाप्रति अभद्र दुर्व्यवहार नगर्ने वाचा गरेपछि उनिहरुलाई छोडेको रुपैडिहा थानाले जानकारी गराएको छ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र