सबैभन्दा सानो दानाको एउटा माला डेढ लाखमा विक्री
१ साउन, काठमाडौं । झट्ट हेर्दा स साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने काफल जस्तो । मुल्यले भने सुनझैँ महत्ववान ।
तामाङ समुदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त (बोलिचालीमा बुद्धचित्त) मालाको बजारमुल्यले यसको महत्व मात्र बढाएको छैन, किसान र व्यवसायीलाई उत्तिकै असुरक्षित र आतंकितसमेत बनाएको छ ।
काभ्रेका शिखरअम्बोटे र तिमाल क्षेत्रका केही गाविसमा मात्र फल्ने मालाका कारोबारी भटााभट लुटिन थालेपछि मालाका बोट हुने किसानसमेत असुरक्षित महसुस गर्न थालेका छन् ।
व्यवसायी भनै पैदल वा गाडीमा असुरक्षित महसुस गर्दै हेलिकप्टर चार्टर गरेर गाउँ पुग्न थालेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
No comments:
Post a Comment