एजेन्सी । कुनै व्यक्ति मृत्युको मुखबाट फर्किएको कुरा त धेरैजनाले धेरैपटक सुन्नुभएको होला तर यो भनाईलाई यथार्थमा बदल्ने एउटा घटना सार्वजनिक भएको छ । घटना फिलिपिन्सको हो, जहाँ तीन वर्षकी एक बालिका गाड्ने क्रममा जिउँदो भएकी छिन् । मानिसहरु ती बालिकालाई गाड्दै थिए एकजना सँगै रहेका व्यक्तिले बालिकाको टाउको हल्लिएको देखे । मानिसहरु यो अचम्मको घटना देखेर आश्चर्यचकित भए । ती बालिकाका बुवाले उनलाई हतार गरेर उठाए र सल ओढाइदिए । त्यतिबेला ती बालिका निकै कमजोर थिइन् तर उनको सास मन्द गतिमा चलिरहेको थियो । लगत्तै उनका बुवाले उनलाई अस्पताल लिएर गए । त्यति बेला त्यहाँ उपस्थित एक व्यक्तिले यो पूरै घटनालाई आफ्नो मोबाइलमा कैद गर्न सफल भएका थिए । तीन वर्षीया ती बालिका धेरै दिनदेखि बिरामी भएका कारण अस्पतालमा भर्ना गरिएको थियो । केहि दिनको उपचारपछि बालिकालाई शनिबार डाक्टरहरुले मृत घोषित गरेका थिए । स्थानिय पुलिसको जानकारीका अनुसार ती बालिका बेहोसीको अवस्थामा अहिले आफ्नो घरमा छिन् ।
No comments:
Post a Comment