• Breaking News

    7.11.2014

    दूतावास काठमाडौमा भिसा दिल्लीबाट

    काठमाडौ असार, २८
    नेपाललाई सहयोग गर्ने युरोपेली तथा दातृ मुलुकले काठमाडौँ बाट दिँदै आएको भिसासम्बन्धी सेवा भारतको नयाँदिल्लीस्थित नियोगमा सारेर यहाँ राजनीतिक उपस्थितिमात्र देखाउन खोजेका छन् ।
    काठमाडौमा दूतावास भएरपनि अहिले यहाँबाट भिसा सेवा उपलब्ध नगराउने देशरुमा बेलायत, फ्रान्स, क्यानडा, अस्ट्रेलियालगायत गरेका छन् । भिसासम्बन्धी सेवा नया“दिल्ली किन सारेको भन्ने परराष्ट्र मन्त्रालयको जिज्ञासामा ती दूतावासको एउछै उत्तर छ,‘खर्चिलो भयो, एकीकृत गरेर खर्च बचाएको मात्र हो ।’ परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेले भने,‘यस विषयमा विभिन्न कुटनीतिक च्यानलमार्फत कुरा भएका छन् । उनीहरुले आफ्नो आर्थिक कारण नै देखाएका छन् । तर पनि हाम्रो कूटनीतिक प्रयास जारी छ ।’आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र