• Breaking News

    7.22.2014

    बाँडेरै सक्ने भए दरबार

    काठमाडौं,साउन७– नेपाली सेनालाई जग्गा चाहिएको छ,त्यो पनि थोरै हो र ? एकै ठाउँमा एक सय १७ रोपनी प्लट । नेपाल सरकारले नारायणहिटि दरबारभित्रैबाट त्यो जग्गा तुरुन्तै उपलव्ध गराउनुपर्ने रे । अहिले रक्षा मन्त्रालयमा नेपाली सेनाको यस्तै माग तेर्सिएको छ । रक्षाका अधिकारीले ‘यो मिल्नै कुरै होइन’मात्र के भनेका थिए एक जना अधिकारीले जवाफ दिइहाले,‘त्यसो भए हाम्रो घोडा कहाँ चराउने ? मान्छे हिँड्ने बाटोबाटोमा क्याभ्लरीको घोडा छिराउने ? घोडाले फोहोर गरेर सडक नै कुरुप बनाइदिन्छ,सोहोर्ने कसले ? ’
    माधबकुमार नेपाल प्रधानमन्त्री भएका बेला २०६७ चैत २६ गते मन्त्रिपरिषद् निर्णयअनुसार नेपाली सेनाको क्याभ्लरी (घोडा स्याहार्ने अड्डा) र व्यान्ड गुल्मका लागि ३० रोपनी जग्गा उपलव्ध गराउने निर्णय भएको थियो । सरकारले अहिले सम्म यो कार्यान्वयन गरेको छैन ।
    माग पुरा गर्न नसक्ने रक्षाको जवाफपछि अहिले सेनाले कुरा फेरेको छ । फेरिएको अडानअनुसार पनि सेनलाई दिन नसकिने जग्गाको माग तेर्सिएको छ । त्यसरी रक्षामा अर्को फाइल पुगेको छ,नारायणहिटि भित्रको ७४ रोपनी जग्गाको मागसहित । यदि सरकारले ७४ रोपनी जग्गा दियो भने पुर्वराजाहरुले तयार पारेको भौतिक संरचना नष्ट गर्नुपर्ने हुन्छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र