• Breaking News

    7.22.2014

    लुटियो १० लाख, भेटियो १७ लाख

    साउन ७ ,काठमाडौं । सोमबार ठमेलमा चिनियाँ पर्यटकलाई लुट्ने गिरोहसँग थप सात लाख रकम फेला परेको छ । चिनियाँ पर्यटकको साथबाट १० लाख लुटेका उनीहरुको साथबाट प्रहरीले १६ लाख ८२ हजार बरामद गरेको छ ।

    अन्य घटनामा पनि लुटपाट गरेको पैसा पनि उक्त समूहबाट बरामद गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गाडी चालक ग्यान्जो शेर्पाकै योजना अनुसार एक समूहले सोमबार बिहान ठमेलमा तीन चिनियाँ पर्यटक लुटेका थिए ।

    सो समूहले पर्यटकको १० लाख नेपाली रुपैयाँ र २० हजार चिनियाँ युआन लुटेकोमा उनीहरुको साथबाट प्रहरीले थप ६ लाख ८२ हजार रुपैयाँ फेला पारेको हो । अभियुक्तहरु विगतमा पनि पक्राउ परिसकेको हुनाले अन्य घटनामा पनि उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र