यसअघि उनीहरुले मलेसिया एयरलाईन्सको उडान एमएच–१७ को विमान झारेको आरोप लागेको छ ।
सैनिक प्रबक्ता ओलेक्सी दिमित्रास्किभ्स्कीले दुई सुखोइ युक्रेनी युद्धक विमानमा आक्रमण भएको र विमानचालकको अबस्था थाहा हुन नसकेको बताए ।
प्रबक्ताले यी दुई विमान पनि एमएच १७ विमान दुर्घटना भएको २५ किलोमिटरको क्षेत्रमा खसाइएको पनि दावी गरेका छन् । सेनाका अर्का प्रबक्ताले उक्त विमान अर्को स्थानमा झारिएको जानकारी दिए । त्यसमाथि विद्रोहीले रकेट प्रहाचर गरेको बताइएको छ । यी प्रबक्ताले दुई चालक प्यारासुटको सहयोगले बिमानबाहिर आउन सफल भएको उल्लेख गरे । प्रबक्ता भ्लादिदस्लाभ सेलेज्नेभले लुहान्स्क क्षेत्रको दक्षिणी भागमा दिमित्रिभ्का गाउँनजिकै लडाकुले दुई सु–२५ जेट विमानलाई क्षेप्यास्त्र प्रणाली प्रयोग गरी झारेको जानकारी दिए । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
No comments:
Post a Comment