सोमवार उनले उज्यालो ९० नेटवर्कमा राजेशपायल राई र तेरिया सम्मान कार्यक्रमको आयोजक आदिबासी जनजाति महासंघ मलेसियाबीचको विवादका विषयमा समाचार लेखेका थिए ।
तेरिया भन्दा आफू वरिष्ठ भएको भन्दै राजेशपायलले आफूलाई पहिले सम्मान गर्नुपर्ने भन्दै विवाद झिकेपछि झडप भएको कार्यक्रमका प्रत्यक्षदर्शी टीका श्रीसले पत्रकारहरुलाई जानकारी गराएका थिए ।
तर, सोही विषयमा समाचार लेखेका पराजुलीलाई लुकाउनुपर्ने समाचार किन लेखेको भन्दै धम्की आएको हो । समाचार लेखेदेखि नै नचिनेको टेलिफोन नम्बरबाट बारम्बार धम्की आएको उनले बताए ।
टेलिफोनमा आएको धम्कीलाई आफूले रेडर्क गरेर सुरक्षित राखेको पराजुलीले बताए । पराजुलीले जीवन रक्षाका लागि माग गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment