आफूसँगै बसेर खाना खान नमानेपछि ४६ वर्षीय वांग फानले रिसको झोंकमा गत शुक्रबार चारजना बिरामीहरुको अण्डकोष काटिदिएका छन् । वांगको मानसिक स्थिति ठिक नभएको र उनी केयर होममा काम गर्ने बताइएको छ । त्यहाँ काम गरेवापत् उनलाई पैसा नदिई सुत्नको लागि ठाउँ र बाँकी भएको खानेकुरा दिइने गरेको बताइएको छ ।
घटना भएको उक्त दिन बिरामीहरुले केहि पनि बाँकी नहुने गरि सबै खाना खाएको कुरामा वांग यति रिसाए कि उनले एउटा रेजर लिएर चारजना बिरामीहरुको अंडकोष काटिदिएका छन् । डेली मेल अनलाइनमा तारा ब्रैडी लेख्छिन्, ‘उक्त दिन केयर होमका लागि मिट बल बनाइएको थियो तर कसैले पनि उनीलाई आफैँसँग राखेर खान दिएनन् । ’
फान चीनको उत्तर पूर्वी राज्य हेलोन्गजियांग प्रान्तमा बिरामी व्यक्तिलाई खाना दिने र केयर होम सफा गर्ने काम गर्दथे । बिरामीका लागि बनाइएको बचेको खानेकुरा उनी खाने गर्दथे । तर त्यसदिन केहि खाना नै बचेन । यो कुराले उनी केयर होममा भर्ना भएका मानिससँग बदला लिने मनसायमा पुगे । पुलिसको भनाई अनुसार मानिसहरुसँग बदला लिनका लागि उनले बिरामीहरुको हात खुट्टा बाँधिदिएका थिए ।
यो घटनाको एक पिडित चियांग भन्छन्, ‘मैले सोचेँ कि यो कुनै उपचारको प्रक्रिया अन्र्तगत पर्ने होला तर पछि मलाई महसुस भयो कि केहि गडबडी छ । म निकै रोएँ, कराएँ तर मलाई बचाउनका लागि कोहि पनि आएनन् ।’
चियांग र अर्का एक बिरामीको दुबै अण्डकोष काटिएको छ भने अन्य दुई बिरामीको एउटा मात्र अण्डकोष काटिएको छ । पुलिसका अनुसार वांग रक्सी पिइरहेका थिए र मिटबल खान नपाएको झोंकमा अण्डकोष पकाएर खाने मनस्थिति बनाएका थिए । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment