काठमाडौं, श्रावण १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी भवन निर्माण विभागबाट आयोजना प्रमुखसहित पाँचजनालाई घुस लिंदालिंदै पक्राउ गरेको छ ।
काठमाडौंको अनामनगरस्थित विभागको कार्यालयमा आज दिउँसो छापा मारी अख्तियारको टोलीले सो विभाग अन्तर्गत विशेष भौतिक पूर्वाधार विकास आयोजनाका प्रमुख उमलानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिंदैगर्दा पक्राउ गरेको हो ।
यस्तै, अख्तियारको टोलीले सोही विभाग अन्तर्गत काठमाडौं शाखाका उपसचिव सुरेशकृष्ण शर्मा, लेखा अधिकृत यादवबहादुर तिमिल्सिना र शाखा अधिकृत रोशनकुमार कठायतलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अख्तियारले आफ्नै हिरासतमा राखेको जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment